पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, ०८ : ५५
पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरो खसेपछि लमजुङको बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। 

लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको जानकारी दिए। 

पहिरो हटाउन डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस