काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ ।
बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो ।
उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालीमाटी बस्दै आएकी ७० बर्सिया लक्ष्मी तामाङको मृत्यु भएको हो ।
सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु