चितवन। चितवनमा भएको बाघचाल प्रतियोगितामा सागर भण्डारी पहिलो भएका छन् ।नेकपा एमाले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरको भेटवाल चौतारोमा आज भएको बाघचाल प्रतियोगितामा भण्डारी पहिलो भएका हुन् ।
प्रतियोगितामा नन्दलाल लामिछाने दोस्रो, बलबहादुर मिजार तेस्रो र श्यामकाजी थापाले सान्त्वना पुरस्कार जितेका छन् । पुरस्कृत खेलाडीहरुलाई मौलाकालिका केबलकारले केबलकार यात्रामा जाने आउने सबै व्यवस्था गरेको छ । तीन घण्टासम्म चलेको प्रतियोगितामा १६ जना खेलाडी सहभागी रहेका थिए ।
जनतासँग एमाले अभियान–२०८० अन्तर्गत राखिएको प्रतियोगिताको उद्घाटन शत्रमा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, एमाले चितवनका पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल र जनसांस्कृतिक महासंघ बागमती प्रदेशका इन्चार्ज अश्विन घिमिरेले नयाँ प्रकारको खेल भएकोले प्रतियोगिताको सफलताको कामना गरेका थिए । प्रकाश रावलको अध्यक्षतामा भएको कार्यक्रमले परम्परागत खेलको संरक्षणमा सहयोग पुग्ने एमाले वडा कमिटीको आशा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी