चितवन। चितवनमा भएको बाघचाल प्रतियोगितामा सागर भण्डारी पहिलो भएका छन् ।नेकपा एमाले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरको भेटवाल चौतारोमा आज भएको बाघचाल प्रतियोगितामा भण्डारी पहिलो भएका हुन् ।
प्रतियोगितामा नन्दलाल लामिछाने दोस्रो, बलबहादुर मिजार तेस्रो र श्यामकाजी थापाले सान्त्वना पुरस्कार जितेका छन् । पुरस्कृत खेलाडीहरुलाई मौलाकालिका केबलकारले केबलकार यात्रामा जाने आउने सबै व्यवस्था गरेको छ । तीन घण्टासम्म चलेको प्रतियोगितामा १६ जना खेलाडी सहभागी रहेका थिए ।
जनतासँग एमाले अभियान–२०८० अन्तर्गत राखिएको प्रतियोगिताको उद्घाटन शत्रमा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, एमाले चितवनका पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल र जनसांस्कृतिक महासंघ बागमती प्रदेशका इन्चार्ज अश्विन घिमिरेले नयाँ प्रकारको खेल भएकोले प्रतियोगिताको सफलताको कामना गरेका थिए । प्रकाश रावलको अध्यक्षतामा भएको कार्यक्रमले परम्परागत खेलको संरक्षणमा सहयोग पुग्ने एमाले वडा कमिटीको आशा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी