काठमाडौं । लागु औषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना सदस्यलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ परेका ब्राजिलियन नागरिकहरुले कोकिन राखिएको क्याप्सुल निल्ने र पेटमा राखेर नेपालसम्म तस्करी गर्ने गरेको खुलेको हो ।
ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोसले यसरी कुल १ केजी ४५५ ग्राम कोकिन तस्करी गरेको पाइएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । अनुसन्धानको क्रममा निजहरु दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाउ छिपाउ गरी नेपाल ल्याएको खुल्न आएको छ’, उनले भने । विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा प्रहरी उनीहरुसम्म पुग्न सफल भएको थियो ।
चैत १३ गते काठमाडौँको ठमेलको एक होटेलमा लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको पनि थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो । यस्तै नेपाल प्रहरी अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर भएको बताइएको छ । दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरु अन्तर्राष्ट्रिय लागूऔषध तस्करीमा आबद्ध गिरोहका सदस्यहरु भएको प्रहरीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ