नयाँ दिल्ली । मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अदालतबाट राहत पाएनन् । प्रवर्तन निर्देशनालय (ईडी)ले उनको हिरासत अवधि थप सात दिन बढाउन माग गरेको थियो । यो मामिलामा फैसला सुनाउने क्रममा अदालतले ४ दिन म्याद बढाइदिएको छ ।
ईडीले केजरीवाललाई बिहीबार राउज एभिन्यू अदालतमा पेस गरेको थियो । अदालतले अप्रिल १ सम्ममा उनलाई हिरासतमा राख्न ईडीलाई अनुमति दिएको छ । ईडीले आम आदमी पार्टीलाई सक्न चाहेको केजरीवालको भनाइ थियो । गएको बिहीबार केजरीवालको निवासमा सोधपुछ गरेलगत्तै ईडीले उनलाई पक्राउ गरेको थियो ।
अदालतले बिहीबार दुवै पक्षको दलिल सुनेपछि ४ दिन म्याद थप्ने निर्णय गरेको थियो । अदालतमा केजरीवालले हिरासत अवधि बढाउने ईडीको मागको विरोध गरेनन् । छानबिनमा सहयोग गर्न तयार रहेको पनि उनले बताए । विरोध नगर्नुको मतलब ईडीको आरोप स्वीकार गरेको भन्ने नभएको केजरीवालका वकिलले अदालतमा भनेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाजपाले माग्यो अरविन्द केजरीवालको राजीनामा
बढ्यो केजरीवालको न्यायिक हिरासतमा रहने समय अवधि
केजरीवालले पाए अन्तरिम जमानत, तर केही समय जेलमै रहने
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाइयो
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
केजरीवाल गिरफ्तारीको विरोधमा आम आदमी पार्टीले प्रधानमन्त्री निवास घेराउ गर्ने