कुमारी बैंकको मोबाइल बैंकिङ्क एपबाटै कर्जा लिन सकिने

सफल खबर संवाददाता

विहीबार, १५ चैत्र २०८०, १० : ५३
कुमारी बैंकको मोबाइल बैंकिङ्क एपबाटै कर्जा लिन सकिने

कास्की। अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले बैंकको मोबाइल बैंकिङ्क एपबाटै निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा लिन सक्ने भएका छन् । हालसम्म यो सेवा लिन बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो ।

अबदेखि भने बैंकले एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै घर बसेर नै सेवा लिन सकिने व्यवस्था गरेको हो ।

मोबाइल बैंकिङ्क एपद्वारा कर्जा लिँदा व्याजदरमा ०.२५% छुट पनि रहेको बैंकले जनाएको छ । यस्तो कर्जा लिन कुनै पनि किसिमको कागजी प्रकृयाहरू नहुने र सेवा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जनाएको छ ।

निक्षेपकर्तालाई आवस्यकता परेको अवस्थामा आफ्नो मुद्वती निक्षेपलाई रद्व नगरी, मोबाइल बैंकिङ्क एपमार्फत् सामान्य केही क्लिकहरू गरेको आधारमै  आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ्ग तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाइहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस