काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।
द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरवारमा भेट गर्दै प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन ।
“सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन”, उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए ।
द्वन्द्वपीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ड्राफ्ट तयार भइसकेको छ, परम्परागतभन्दा पृथक् बजेट ल्याउँदैछौँ : प्रधानमन्त्री प्रचण्ड
सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्छ : काँग्रेस
प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन
प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन : प्रचण्ड
प्रधानमन्त्री अस्थिरताको पक्षमा रहेको प्रदीप पौडेलको दाबी
विश्वासकाे मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड