काठमाडौँ । इलाम-२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरूलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम-२ को उम्मेदवारमा सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।
इलाम-२ को उम्मेदवारका लागि काँग्रेसमा दुई महिला र ५ पुरुष गरी ७ जनाको नाम सिफारिस भएको छ । सातै जनाको नाम जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्म आइपुगेको छ ।
नाम सिफारिस भएका ७ जनामध्ये अधिकांश नेता काठमाडौँमा नै छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यपालिका छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार