घाँटी रेटेको अवस्थामा भेटियो युवतीको शव

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, ०९ : ३२
घाँटी रेटेको अवस्थामा भेटियो युवतीको शव

 पाल्पा । पाल्पाको रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। 

सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो। 

पद्‍मा मंगलवार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्। 

नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्ने क्रममा  मंगलवार साँझ शव फेला परेको आफन्तले बताएका छन्। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

जिल्ला प्रहरी कार्यालयको टोली भैरहवाबाट लगिएको तालिम प्राप्त कुकुरसहित अहिले घटनास्थलमा पुगेको छ। 

प्रतिक्रिया दिनुहोस