एजेन्सी । रुसले युक्रेनको राजधानी कीएभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीएभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ ।
आक्रमणको बिचमा, कीएभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेशनतिर दौडिरहेको देखियो। युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डले पनि आफ्नो वायुसेना अलर्ट अवस्थामा राखेको छ । आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभीभमा रुसी हवाई हमला गरेपछि पोल्याण्डले पनि आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको छ ।
कीएभमा रूसी आक्रमण बिहान पाँच बजे सुरु भएको थियो । शुक्रबार पनि रुसले दर्जनौँ मिसाइल प्रहार गरेको थियो । जसका कारण युक्रेनको एउटा बाँधमा नराम्ररी क्षति पुगेको छ । बाँध भत्किँदा जलविद्युत केन्द्र बन्द भएको छ भने धेरै युक्रेनी क्षेत्रहरू अन्धकारमा डुबेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ चैत्र २०८०, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’