एजेन्सी । रुसले युक्रेनको राजधानी कीएभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीएभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ ।
आक्रमणको बिचमा, कीएभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेशनतिर दौडिरहेको देखियो। युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डले पनि आफ्नो वायुसेना अलर्ट अवस्थामा राखेको छ । आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभीभमा रुसी हवाई हमला गरेपछि पोल्याण्डले पनि आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको छ ।
कीएभमा रूसी आक्रमण बिहान पाँच बजे सुरु भएको थियो । शुक्रबार पनि रुसले दर्जनौँ मिसाइल प्रहार गरेको थियो । जसका कारण युक्रेनको एउटा बाँधमा नराम्ररी क्षति पुगेको छ । बाँध भत्किँदा जलविद्युत केन्द्र बन्द भएको छ भने धेरै युक्रेनी क्षेत्रहरू अन्धकारमा डुबेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ चैत्र २०८०, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण
इजरायली सेनाको आक्रमणमा ६७ जनाको मृत्यु
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण