नुहाउनेक्रममा नदीमा डुबेर एक बालिकाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १८ : ५२
नुहाउनेक्रममा नदीमा डुबेर एक बालिकाको मृत्यु

धनगढी । कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।

भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।

उनको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।