ऐन महर फेरि बने एमाले केन्द्रीय सदस्य

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १५ : ४१
ऐन महर फेरि बने एमाले केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पार्टी केन्द्रीय सदस्य ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिनुभएको थियो र स्वीकृत पनि भएको थियो’, ज्ञवालीले भने, ‘पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ काम गर्ने प्रतिबद्धता गर्नुभएकाले पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने निर्णय पनि गरेको छ ।’

प्रतिक्रिया दिनुहोस