होलीको टीका लगाएर शुरू भयो एमाले सचिवालय बैठक

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १२ : ४९
होलीको टीका लगाएर शुरू भयो एमाले सचिवालय बैठक

काठमाडौं। उपनिर्वाचनसहितका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा होलीको टीका लगाएर एमालेले बैठकको शुरूआत गरेको हो ।

बैठकमा समसामयिक राजनीति, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकसहितका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस