विराटनगर । कोशी प्रप्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशीमा सहमतीय सरकार गठन गर्नुपर्ने बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४ अौं केन्द्रीय सभाको वार्षिक अधिवेशनमा मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताए ।
उनले संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताए ।‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेको हुँ ।’ उनले भने,’एमालेकै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु ।’
उनले पूर्वमुख्यमन्त्रीले दिएकै मन्त्र अनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणसँगै बजेटसमेत कार्यान्वयनमा लगेको बताए । मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताए ।
‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,’ उनले भने, ‘त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।’
यो सरकारविरूद्ध बलजफति गर्न जोसुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरित केही गर्न खोजिए तत्कालिन प्रधानसेनापति रूक्माङ्गद कटुवालको घटना दोहोरिने मुख्यमन्त्री कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रहरी संगठन जनताका पहिलो सरकार हो’ : मुख्यमन्त्री कार्की
‘मुलुकलाई द्वन्द्वतर्फ लैजान, प्रतिशोध पूर्ण गतिविधि गर्नु गलत हो’ : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता
मुख्यमन्त्री कार्कीले भने-‘शिक्षकहरूको सेवा-सुविधा र शैक्षिक सवालमा छुट्टाछुट्टै कानून आवश्यक’
मुख्यमन्त्री कार्की र राष्ट्रसङ्घ खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधिबिच भेटवार्ता