पोखरा । तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन् । म्याग्दे ६ शेराटारमा काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नम्बरको बस पल्टिएको हो ।
बसमा २६ जना यात्रु सवार थिए । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि छन् ।
उनीहरुको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै