काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।
सडकदेखि सदनसम्म चौतर्फी विरोध भैरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उनको भनाइ छ । “तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लागेर निर्दोष सावित भए फेरि मन्त्री भए भएहाल्यो,” कोइरालाले भने ।
काठमाडौंको मध्येबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडाैंका चेतनशील मानिस चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौबासीको भूमिका महत्तवपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।
स्थानीय कार्यकर्ताले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी