लण्डन । वेल्सकी राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन् । एक भिडियो सन्देश जारी गर्दै केट मिडलटन (क्याथरिन) ले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको बताएकी हुन् ।
आफ्नो सन्देशमा केटले क्यान्सर पत्ता लाग्दा आफूलाई ठुलो झट्का लागेको र पछिल्ला केही महिना निकै कठिन रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘तर म ठिक छु र हरेक दिन बलियो हुँदै गइरहेकी छु ।’
केटलाई कुन क्यान्सर लागेको भन्ने नखुलाए पनि केन्सिङटन प्यालेसले केटले पूर्ण स्वास्थ्य लाभ गर्नेमा विश्वास व्यक्त गरेको छ । भिडियोमा केटले गत जनवरीमा पेटको अप्रेसन गरेको खुलाए पनि त्यतिबेला त्यहाँ क्यान्सर देखिएको वा नदेखिएको बताएकी छैनन् ।
‘अप्रेसनपछि गरिएको परीक्षणमा क्यान्सर रहेको पाइएको थियो । मेरो मेडिकल टिमले मलाई केमोथेरापीमा जान सल्लाह दिएपछि म अहिले प्राथमिक उपचारको चरणमा छु,’ उनले भनेकी छन् । गत फेब्रुवरीको अन्त्यबाट केमोथेरापी सुरु भएको बताइए पनि क्यान्सरबारे थप जानकारी साझा नगरिने केन्सिङटन प्यालेसलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
वैज्ञानिकले बनाए क्यान्सरको औषधि, बाँच्ने अवधि दोब्बर हुने दाबी
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण