आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०८२, ०९ : २८
आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौं । विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार विश्वमा हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।

नेपालमा मात्रै हरेक वर्ष झन्डै २६ देखि ३० हजारको संख्यामा क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।समयमै पहिचान गरी उपचार गर्न सके क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने चिकित्सकको भनाइ छ ।

नेपालमा देखिने ५ प्रमुख क्यान्सरमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरको क्यान्सर रहेका छन् । मुखसहित अरु अंगमा पनि क्यान्सर हुने गरेको छ ।

जाँडरक्सी र सुर्तीजन्य पदार्थ सेवन, धुमपान, अस्वस्थ जीवनशैली, प्रदूषण, वंशाणुगतलगायतका कारणले क्यान्सर रोगको जोखिम रहने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस