काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराज, सप्तरीका सव-इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अजयकुमार साफी भन्ने अजय रजक घुसबापतको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेकसहित पक्राउ परेका थिए ।
आयोगको टलीलाई देखेपछि उनी घुसबापत लिएको रकम र चेक छोडेर भागेका थिए । तर आयोगको टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।
उनीविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी आयोगले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस