राजेन्द्र महतो पार्टीबाट बाहिरिँदा कुनै असर परेको छैन : महन्थ ठाकुर

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १५ : ५७
राजेन्द्र महतो पार्टीबाट बाहिरिँदा कुनै असर परेको छैन : महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विचार नमिल्नेहरू पार्टीबाट बाहिरिँदा सहज महसुस भएको बताएका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गर्न जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले अहिलेको विभाजनले पार्टीलाई कुनै असर नपरेको दाबी गरेका हुन् ।

लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतो र अनिल झासहितका नेताहरूले हालै लोसपा परित्याग गरेका छन् । अध्यक्ष ठाकुरले भने वरिष्ठ नेता महत्तोले पार्टी छोडेर कुनै असर नपर्ने दाबी गरे ।

‘पार्टीबाट अलग हुनु र प्रवेश गर्नु नेपालको राजनीतिमा सबैतिर सरल कुरा भइसकेको छ । उहाँहरू जानुभएको छ । तर त्यसले पार्टीलाई ठूलो असर पुर्‍याउने कुरा छैन, ’उनले भने ।

उनले पार्टी केन्द्रीय सत्ता गठबन्धनबाट बाहिरिए पनि मधेशमा भने सरकारमा सहभागी हुनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस