परराष्ट्रमन्त्रीद्वारा पूर्वराजदूतहरूसँग छलफल

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १६ : ०४
परराष्ट्रमन्त्रीद्वारा पूर्वराजदूतहरूसँग छलफल

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बुधवार पूर्वराजदूतहरूसँग छलफल गरेका छन्। उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि परराष्ट्र नीति लगायतको विषयमा सल्लाह लिनका लागि उनले आज यो छलफल राखेका हुन् ।

बदलिँदो परिस्थितिमा परराष्ट्र नीति कस्तो हुनुपर्छ, आगामी दिनमा परराष्ट्र मामिलालाई कसरी आगाडि बढाउने भन्ने लगायतका विषयमा मन्त्री श्रेष्ठले सल्लाह मागेका हुन् ।पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपाल एउटा देशको प्रभावमा पर्न नहुने र हरेक देशसँग समदुरी सम्बन्ध राख्नुपर्ने  सुझाव दिए ।

अरू पूर्व राजदूतहरूले पनि भूराजनीति पेचिलो हुँदै गइरहेको भन्दै यस अवस्थामा नेपालले सचेतता पूर्वक कदम चाल्नु पर्ने सुझाव दिएका छन् । छलफल परराष्ट्र मन्त्रालयमा जारी छ । 

प्रतिक्रिया दिनुहोस