प्रदीप यादवको प्रश्न : किसानलाई मल अभाव हुन नदिने योजना के छ ?

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १४ : ४६
प्रदीप यादवको प्रश्न : किसानलाई मल अभाव हुन नदिने योजना के छ ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।  प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा जसपा सांसद यादवले मधेस प्रदेशमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा कस्ता योजना ल्याउन लागेको हो भन्नेबारे संसद्लाई जानकारी दिन पनि यादवले आग्रह गरेका छन् । ‘मधेशको सबैभन्दा खतरानाक अवस्था रासायनिक मल हो । किसानको कुरा हामी गर्छौँ । चर्को भाषण गर्छौँ । सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकीहाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर किसानले मल पाउँदै पाउँदैन, ‘यादवले सोधे, ‘के अर्थमन्त्रीजी यसपाली चाहिँ किसानलाई मलको व्यवस्था गरिदिनुहुन्छ रु त्यसको पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमिराखेको हुन्छ । तर पनि मल पाउँदैन ।’

यादवले वितरणमुखी भन्दा पनि परिणाममुखी बजेट ल्याउनका लागि सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस