काठमाडौं । पूर्व मन्त्री तथा प्रतिनिधिसभाका निर्वतमान सांसद हुन्, प्रदीप यादव । तिखो स्वरका उनी राजनीतिमा आफनो ‘नाफाघाटा’ हेर्न निक्कै माहिर मानिन्छन् ।
पछिल्लो एक सातामै उनले तीन पार्टी चाहारेर एमालेमा पुगेका छन् । त्यो सँगै उनले आफैले लगातार २०७४ यता चुनाव जित्दै आएको पर्सा क्षेत्र नम्बर १ को चुनावी टिकट हात पारेका छन् ।
टिकटका लागि उनले एक सातामा तीन पार्टीको फन्को मारे । यो उनको राजनीतिक चतुरयाई हो । जनता समाजवादी पार्टी नेपालका नेता यादव मन्त्री खानकै लागि अशोक राईको नेतृत्वमा पार्टी विभाजनमा लागे । ओली सरकारमा हुँदा उनी खानेपानी मन्त्री थिए । तर गत भदौं २३ र २४ को जेन जी आन्दोलनपछि ओली सरकार अपदस्थ भयो । फागुन २१ मा चुनावको मिति घोषणा भयो ।
त्यसपछि छट्पटी चल्यो प्रदीप यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई लगायत नेताहरुमा । उनीहरु अब के गर्ने भन्ने दोधारमा परे । जेनजी विद्रोहपछि सबैजसो राजनीतिक दलहरुमा उथलपुथल आएकै छ । कुनै पनि राजनीतिक दल र तिनका नेता सुरक्षित कसरी हुने भन्ने आ– आफ्नै रणनीतिमा छन् ।
सुरुमा उनले अब पार्टी बदल्ने र नाफाघाटाको राजनीति हेर्ने रणनीति बनाए । विभिन्न् राजनीतिक दलका शीर्ष नेताहरुसँग आफनो प्रस्ताव पठाए । कतिलाई आफैले भेटे । उपेन्द्र यादवबाट पार्टी विभाजन गरेर अशोक राईको नेतृत्वमा नयाँ पार्टी बनाएका यदावहरुले राईलाई नै छोडे । फेरि उपेन्द्र यादवसँग मिल्ने कोसिस गरे ।
२८ पुससम्म यादवले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग पनि समानान्तर छलफल चलाएका थिए । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई उनले पार्टी प्रवेश गर्ने बचन नै दिईसकेका थिए । ‘उहाँ (प्रदीप) ले पर्सा १ मा चुनावको टिकट दिनुस्, म सहित कयौं नेताहरु नेकपा प्रवेश गछौं भनेर प्रस्ताव पठाउनु भएको थियो । पुस २८ गतेसम्म उहाँ नेकपासँग सम्पर्कमै हुनुहुन्थ्यो,’ नेकपाका एक नेताले सफखबरसँग भने ।
त्यसपछि भने यादवले बागबजारको यति प्यालेसमा दुई दिनसम्म अनेक कोणबाट छलफल चलाए । बागबजारको त्यही छलफलमै उपेन्द्र यादवलाई पनि सँगै राखेर छलफल पनि गरे । त्यसपछि उनी सहित नेताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किने योजना बनाए । उनलाई उपेन्द्रको पार्टीमा प्रवेश रोक्न जसपाका नेताहरु लाग्दा समेत उपेन्द्रले पार्टीमा माघ १ गते जिम्मेवारी दिएका थिए ।
तर, यादव त्यक्तिमा मात्रै रोकिएनन, उनले माघ ४ गते राती एमाले अध्यक्ष केपी ओली निवास गुन्डु पुगेर एमालेमा प्रवेश गरे । उनले आफु र मोहम्मद इस्तियाक राईलाई टिकट पनि एमालेबाटै मिलाए । यादव, राईसहित वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहसहितका नेताहरु पनि एमाले प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
पाइपको परीक्षण सफल भयो : खानेपानीमन्त्री यादव
मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु