काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउबारे बिफ्रिङ गरेका थिए । तर बैठकले महराबारे कुनै निचोड निकाल्न नसकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा हामीले राम्रोसँग छलफल गर्यौं,' सापकोटाले सञ्चारकर्मीहरूसँग भने, ‘बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौं ।’
जिम्मेवारी मुक्त गर्ने विषयमा माओवादीले तत्काल कुनै निर्णय लिएको नलिएको उनले बताए । तर धेरै विषयमा छलफल भएको उनले जानकारी दिए । केही समयमा निष्कर्ष निकाल्ने पनि उनले बताए ।सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड