काठमाडौँ । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका छन् । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरूको कारण खोजी गर्न सरकारले अधिकार सम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय छ ।
‘सहकारी आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक (दोषी-खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दोहोर्याए, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु)तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔँ ।’
साथै सरकारले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी संकलन गर्ने हो छुट्याउनुपर्ने उनले बताए । ‘सम्पत्तिको स्रोत प्रमाणित गरौँ । यी दोस्रो खाले सहकारी (रकम संकलन गर्ने)ले जम्मा गरेको सम्पत्तिको स्रोत के हो ? त्यो कुराको प्रमाणित गर्न लगाऔँ,’ सांसद पोखरेलले भने ।
सहकारीका ऋणीहरूको पनि अध्ययन गर्नुपर्ने उनको प्रस्ताव छ । उनी भन्छन्, ‘ऋणीहरू कुन प्रकारका छा सदस्यहरूको बीचबाट बनेका ऋणीहरू हुन् या अन्य क्षेत्रबाट भएका ऋणीहरू हुन् ती ऋणीलाई खोजौँ ।’
ऋण फर्काउनै पर्ने बाध्यकारी बनाउने र सरोकारवालाहरूसँग छलफल गरेर प्रचलित कानुनमा आवश्यकतामा आधारमा संशोधन गर्नुपर्ने उनले बताए । यसो गरे सहकारी समस्याका सम्बन्धमा समाधान निकाल्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज