शंकर कार्कीले फिल्म ‘सिड्नी ब्लुज’ निर्देशन गर्ने

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, १३ : ०५
शंकर कार्कीले फिल्म ‘सिड्नी ब्लुज’ निर्देशन गर्ने

काठमाडौं । पुष्प खड्का र अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर शंकर कार्कीले फिल्म ‘सिड्नी ब्लुज’ निर्देशन गर्ने भएका छन् । यी दुई कलाकारसँग यसैसाता लिखित सहमति भएको प्रेषित विवरणमा उल्लेख छ ।

प्रि–प्रोडक्सन चरणमा रहेको फिल्मको छायांकन जुनदेखि सुरु हुने बताइएको छ । आफ्नो देशको सम्भावना त्यागेर विदेशमा जीवन बिताउने चाहना बोकेका वर्तमान युवाको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

‘अष्ट्रेलियामा बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । ती युवकको कथा यो फिल्ममार्फत भन्ने प्रयास गर्नेछु,’ निर्देशक कार्कीले कथाबारे भने ।

छायांकन नेपाल र अष्ट्रेलियामा हुने जनाइएको छ । नेपाली फिल्ममा कमै प्रयोग हुने मिनेचर सेट र प्रोस्थेटिक मेकअपलाई यसमा प्रयोग गर्न निर्माताको तयारी छ ।

प्रतिक्रिया दिनुहोस