काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित शहीद केशव कोइरालाको शालिक अनावरण गरेका छन् ।
राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा शहीद केशव कोइरालाको शालिक अनावरण गरेका छन् ।शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले शहीद एवं पूर्व नेता देशका धरोहर रहेकाले उनीहरूप्रति सबैको श्रद्धाभाव हुनुपर्ने बताए ।
उनीहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने उनको भनाइ थियो ।उनीहरूले देखाएको बाटोमा सधैं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल