काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु भएको छ । बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशन लगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले बताए ।
जनमत पार्टीले सुरु गरेको नौलो गणतन्त्रका लागि आन्दोलनको बारेमा पनि बैठकमा छलफल हुने उनले बताए । नौलो गणतन्त्रको बारेमा सो पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन् र सोही प्रतिवेदनमाथि छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए ।
‘नौलो गणतन्त्र किन ?’ भन्ने शीर्षक राखेर जनमत पार्टीले पर्चा समेत बनाएको छ । सो पर्चाका बारेमा छलफल गरी भोलि वीरगन्जमा वितरण गर्ने कार्यक्रम पनि राखिएको छ । साथै बैठकमा अहिलेको वर्तमान सरकार तथा गठबन्धनको बारेमा पनि समीक्षा गर्ने बताइएको छ ।
जनमत पार्टी वर्तमान गठबन्धन र सरकारमा सहभागी छैन । जनमत पार्टीले देशभर वडा समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । त्यसको प्रतिवेदन पनि प्राप्त भइसकेको छ । बैठकले त्यस बारेमा पनि छलफल गर्ने उपाध्यक्ष कुशवाहाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत