नासु र खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १६ : २४
नासु र खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उनीहरूलाई विशेष अदालतले दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ ।

उनीहरू एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस