काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा उठाएका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेकामा काँग्रेसले उनी स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छन् ।
काँग्रेसको अडानबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले आफू सभामुखबाट रुलिङ भएको खण्डमा संसद्मा उभिएर जवाफ दिन तयार रहेको बताएका हुन् । ‘संसदमा केही माननीयहरूले प्रश्न उठाउनुभएको थाहा पाएँ, सहकारी प्रकरणमा म संलग्न छैन भनेर यसअघि भनिसकेको छु,’ लामिछानेले भने, ‘तर प्रश्न उठाइसकेपछि जवाफ दिन कुनै कठिनाइ छैन । सभामुखज्यूबाट रुलिङ भएको खण्डमा म कुनै पनि बेला उपस्थित भएर जवाफ दिन्छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव