काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा उठाएका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
गृहमन्त्री लामिछानेले आज प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेकामा काँग्रेसले उनी स्वयं प्रश्नको घेरामा रहेको व्यक्ति भन्दै उपयुक्त जवाफ प्राप्त नहुँदासम्म विधेयक पेस गर्न नदिने अडान लिएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छन् ।
काँग्रेसको अडानबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले आफू सभामुखबाट रुलिङ भएको खण्डमा संसद्मा उभिएर जवाफ दिन तयार रहेको बताएका हुन् । ‘संसदमा केही माननीयहरूले प्रश्न उठाउनुभएको थाहा पाएँ, सहकारी प्रकरणमा म संलग्न छैन भनेर यसअघि भनिसकेको छु,’ लामिछानेले भने, ‘तर प्रश्न उठाइसकेपछि जवाफ दिन कुनै कठिनाइ छैन । सभामुखज्यूबाट रुलिङ भएको खण्डमा म कुनै पनि बेला उपस्थित भएर जवाफ दिन्छु ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक