काठमाडौँ । नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेङ्गु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेङ्गु पुष्टि भएको हो । ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्याङ्क राख्ने गरेको छ ।
(ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले याे वर्ष डेङ्गुको संक्रमण भइरहने बताए । डेङ्गु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेङ्गु संक्रमण पनि बढ्ने उनले बताए ।
यो लामखुट्टे सफा पानी र १८ डिग्री बढी तापक्रममा सक्रिय हुन्छ । गर्मी र बर्खा सिजनमा बढी सक्रिय हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेङ्गु संक्रमण बढेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु
गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण
चितवनमा १५ दिनमा २० जनामा डेङ्गुको सङ्क्रमण
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
गण्डकीमा डेङ्गुबाट सात जनाको मृत्यु
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण