शेयर बजारमा गिरावट, ४ अर्ब २४ करोडको कारोबार

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १५ : २३
शेयर बजारमा गिरावट, ४ अर्ब २४ करोडको कारोबार

काठमाडौं । बुधबार शेयर बजारमा गिरावट आएको छ । बजार २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा आइपुगेको छ । सुरुमा बजार बढेको थियो ।बजारमा उतारचढाव हुँदै २१२३ अंकसम्म पुगेको बजार बन्द हुँदा २१०८.७२ बिन्दुमा आइपुग्यो । आजको बजारलाई लघुवित्त समूहले लिड गरेको थियो ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था लगायतका संस्थाले आजको बजारमा सर्वाधिक कमाएका छन् । ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ । यो कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल र हिमालयन रि इन्स्योरेन्सको साढे २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस