काठमाडौं । बुधबार शेयर बजारमा गिरावट आएको छ । बजार २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा आइपुगेको छ । सुरुमा बजार बढेको थियो ।बजारमा उतारचढाव हुँदै २१२३ अंकसम्म पुगेको बजार बन्द हुँदा २१०८.७२ बिन्दुमा आइपुग्यो । आजको बजारलाई लघुवित्त समूहले लिड गरेको थियो ।
विन नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था लगायतका संस्थाले आजको बजारमा सर्वाधिक कमाएका छन् । ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ । यो कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल र हिमालयन रि इन्स्योरेन्सको साढे २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार