मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर घर पठायो

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १५ : ०५
मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर घर पठायो

काठमाडौँ । पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो ।

काठमाडौँ प्रहरीका अनुसार मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको थियो । त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई पठाइएको बताइएको छ । मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस