सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितले गरे कालोपट्टी बाँधेर प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०८२, १३ : ४७
सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितले गरे कालोपट्टी बाँधेर प्रदर्शन

काठमाडौँ। सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितहरूले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सिराहाको लहान नगरपालिका ३ स्थायी घर भएका सीता कुमारी मण्डल र वडा ७ स्थायी घर भएका श्याम विश्वकर्मा साहुलाई कारबाहीको माग राखेर माइतीघरमा कालोपट्टी बाँधेर धर्ना बसेका छन् ।

लहान नगरपालिका ३ स्थायी बसोबास गर्ने मिटर ब्याजी साहु रामलोचन गुप्ता र लाहान ७ स्थायी बसोबास गर्ने राम कुमार महतो (रामबाबू) ले ऋण दिँदा जग्गा पास गरी पाँचपाँच लाख ऋण लिएको तर २१ लाख पैसा बुझाउँदा समेत जग्गा फिर्ता नगरेकोले कालो पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरूले बताएका छन् ।

अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो । पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् ।

 

प्रतिक्रिया दिनुहोस