काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेले देशमा ठुला कामहरू गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभई गठबन्धन परिवर्तन प्रधानमन्त्री प्रचण्ड र आफूले मिलेर गरेको बताए । उनले भने, ‘नेपाली काँग्रेसले पहिले कसैले नभनिकन समर्थन गरेको थियो । पोहोर समर्थन गर्नहुने अहिले नहुने के भयो रु मान्छे त उही नै हो नि । हामीले सँगै मिलेर ठुला काम गरेका छौँ । राम्रा काम जति सबै आफूले गरेको जस लिन्छ काँग्रेसले । गठबन्धन परिवर्तन गर्न यो देश आयो, त्यो देश आयो भन्छ । हामी दुई भाइलाई जस दिएपनि हुन्छ ।’
धेरै पटक कागज गरेर कागजहरु खोष्टामा परिवर्तन भएको उल्लेख गर्दै ओलीले कागजी सहमतिमा आफूलाई विश्वास नभएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन
राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी
ओलीले गरे झापा-५ बाट उम्मेदवारी दर्ता
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान