काठमाडौँ । सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा कैद छुट दिएका ४८२ जनाको नामावली करिब १० महिनापछि सार्वजनिक गरेको छ ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को नियम तीन र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद छुट दिएकाको नामावली राजपत्रमा प्रकाशित भएको हो ।
रमेश थलङ भन्ने हेमबहादुर थलङसमेत ४८२ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस अघि कैद छुट तथा मिनाहा पाउनेको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गर्ने गरेको भए पनि व्यक्तिको गोपनीयताको हकलाई ख्याल गरेर वेबसाइटमार्फत सार्वजनिक गर्न रोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवस: वीरगञ्जका कैदी बन्दीद्वारा रक्तदान
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)
आज गणतन्त्र दिवसः के के छन विशेष कार्यक्रम ?
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन