'माधवलाई एकवर्षे प्रधानमन्त्री गराएरै छाड्ने भए' : गोकुल बाँस्कोटा

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, ०९ : ५९
'माधवलाई एकवर्षे प्रधानमन्त्री गराएरै छाड्ने भए' : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक वर्षका लागि मुलुकको प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटा ले पछिल्लो सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन तथा प्रधानमन्त्रीको विश्वासको मतको विषयप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । 

‘एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिए ल ! जे पर्छपरोस’, बाँस्कोटा ले आफ्नो फेसबुक पेजमा लेखेका छन् । 

राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुदैछ भने बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।