काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक वर्षका लागि मुलुकको प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटा ले पछिल्लो सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन तथा प्रधानमन्त्रीको विश्वासको मतको विषयप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिए ल ! जे पर्छपरोस’, बाँस्कोटा ले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुदैछ भने बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा