घरेलु मैदानमा चेल्सीको रोमाञ्चक जीत

एजेन्सी

मंगलबार, २९ फागुन २०८०, ०७ : ४२
घरेलु मैदानमा चेल्सीको रोमाञ्चक जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले रोमाञ्चक जीत दर्ता गरेको छ । घरेलु मैदानमा चेल्सीले न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जीत निकालेको हो ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीका निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए ।

जितसँगै चेल्सी २७ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ । पराजित न्यूक्यासल २८ खेलबाट ४० अंक जोडेर १०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस