काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक नेताले बताए ।
वैशाख १५ मा इलाम २ र बझाङ्गको प्रदेशसभामा हुँदैछ । रास्वपा गत मंसिरमा प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन । सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको तयारी थालिसकेको छ । बैठकले उम्मेदवारबारे टुंगो लगाएको छैन ।
रास्वपाले इलाम २ को निर्वाचनको लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कमाण्डर बनाएर यसअघि नै पठाइसकेका छ । भने पार्टीका ६ सांसदले इलामका जनतासँग प्रत्यक्ष भेटेर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तह निर्वाचन लक्षित तयारीमा रास्वपा, उम्मेदवारका लागि प्रशिक्षण अनिवार्य
रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता