Safal Khabar - दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा
शुक्रबार, २९ भदौ २०७५, १५ : ०९
दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

विदुर । नुवाकोटमा आगामी मङ्सिर १५ गते दोस्रोे राष्ट्रिय कविता महोत्सव हुने भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तृतीय हुने दुई जनालाई जनही रु २० हजार दिइने जानकारी दिनुभयो । 

प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानले २०७३ वैशाख ३ गते पहिलो राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो । (रासस)

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस