काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँको रिटलाई अग्राधिकार दिएको छ । मेडिकल कलेज खोल्न आशयपत्र दिएर पनि सम्बन्धन नदिएको दाबीसहित व्यवसायी प्रसाईँले दायर गरेको रिटलाई सर्वोच्चले प्राथमिकतामा राख्न आदेश दिएको हो ।
न्यायाधीशहरू कुमार रेग्मी र विनोद शर्माको इजलासले रिट निवेदनको विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेर्दा छुटो टुङ्ग्याउनुपर्ने प्रकृतिको देखिएको भन्दै अग्राधिकार दिने आदेश दिएको हो ।
सर्वोच्चले मेडिकल कलेजको सम्बन्धन जोडिएको यो रिटलाई अग्राधिकार दिएर ४ चैतमा पेशी तोक्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ