काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को पछिल्लो ७ महिनामा जम्मा ५ दशमलव शून्य १ प्रतिशत मुद्रा स्फिति कायम रहेको जनाएको छ ।देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले मुद्रा स्फिति नियन्त्रण रेखाभन्दा भित्रै रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ७ महिनामा आयातमा २ दशमलव ३ प्रतिशत, निर्यातमा ७ दशमलव १ प्रतिशत र कुल व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेको जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा पछिल्लो ७ महिनामा रेमिट्यान्स २१ दशमलव ६ प्रतिशतले बढेको र देशको शोधनान्तर स्थिति २ खर्ब, ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । त्यस्तै विदेशी विनिमय सञ्चिति १८ खर्ब, ४४ अर्ब, ९४ करोड रहेको छ भने पछिल्लो ७ महिनामा सरकारले ६ खर्ब, ८६ अर्ब ७५ करोड खर्च गरेको विवरणमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले पछिल्लो यही आवको तुलनामा ७ प्रतिशत बढी निक्षेप संकलन गरेको र ४ दशमलव १ प्रतिशतले कर्जा प्रवाह बढेको राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने