काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम छन् ।
अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
शंकरपुर बाट सोल्टी तर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।
२१ वर्षीय पोसन महरा रामको साथबाट ८ एमएम को ४ राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ