काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने भएको छ।
आज साँझ ५ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने सचिव देवेन्द्र पौडेलले जानकारी दिए। नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको छ। राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल हो।
अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको दावी छ। महिला भएको र हाल उपाध्यक्ष रहेका कारण अर्याललाई अध्यक्ष बनाउनुपर्ने पार्टीमा धेरै नेताको जोड रहेको सचिव गणेश साहले बताए।
यस्तै सुवेदीको ६ वर्षे कार्यकाल रहने भएकोले बलियो दावेदार रुपमा रहेको साहले जानकारी दिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भाई भएकोे कारण नारायाण दहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने चर्चा रहे पनि पदाधिकारीले छलफल गरेर टुंग्याउने साहको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस