सुनसरी । सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको मृत्यु भएको छ।
शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
विपन र अभि काका भतिज हुन्। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो। दुबै सवारी साधनको नम्बर भने प्रहरीले खुलाएको छैन।
दुर्घटनामा दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
दुर्घटनापछि ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु
चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु