अमेरिकाले भन्यो, ‘युएफओ देखिएको घटना गोप्य सैन्य परीक्षण’

एजेन्सी

शनिबार, २६ फागुन २०८०, ०७ : ०७
अमेरिकाले भन्यो, ‘युएफओ देखिएको घटना गोप्य सैन्य परीक्षण’

एजेन्सी । पेन्टागनको प्रतिवेदनले सन् १९५० र ६० को दशकमा अमेरिकी जासुसी विमान र अन्तरिक्ष प्रविधिको परीक्षणका कारण यूएफओ देखिने घटनामा वृद्धि भएको निष्कर्ष निकालेको छ।  अधिकारीहरूले अमेरिकी सरकारले एलियन जीवनको सामना गरेको ‘कुनै प्रमाण’ नभएको स्पष्ट पारेका हुन्।

शुक्रबार कांग्रेसमा पेश गरिएको प्रतिवेदन अनुसार यूएफओका धेरैजसो दृश्यहरू पृथ्वीकै सामान्य वस्तुहरू थिए। तर पेन्टागनका अधिकारीहरूले उनीहरूको अनुसन्धानले एलियन आगन्तुकहरूको बारेमा लोकप्रिय विश्वासलाई रोक्न नसक्ने स्वीकार गरेका छन् ।

यो प्रतिवेदन अमेरिकी सरकारद्वारा यूएफओको जाँच गर्ने व्यापक सार्वजनिक प्रयासको हिस्सा हो, अधिकारीहरूले तिनीहरूलाई ‘अपरिचित विसंगत घटना’ (यूएपी) भन्छन् । यसमा नासाका अधिकारीहरूसँग सार्वजनिक बैठकहरू र कंग्रेसमा गरिएका सुनुवाइहरू समावेश छन्।

सन् २०२१ मा गरिएको ग्यालप पोलका अनुसार ४० प्रतिशतभन्दा बढी अमेरिकीहरूले एलियन स्पेसक्राफ्टले पृथ्वीको भ्रमण गरेको ठान्छन् । यो सङ्ख्या दुई वर्षमा ३३ प्रतिशतबाट ह्वात्तै बढेको थियो।