काठमाडौँ । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बिच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ ।
सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अंकको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अंकले बढेको थियो ।
यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार रु दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो ।
मङ्गलबार रु चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता शेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार रु तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार रु दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २५ फागुन २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार