काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जिप दुर्घटना भएको छ । प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
घायतेहरुको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कुमार कटुवालले जानकारी दिए ।
शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।बोलेरो चालक ४२ वर्षीय विनोद कुमाार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनामा परेर घाइते हुनेहरुमा महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका पवन यादव, ललिता देवी यादव, राम कुमारी महतो, रामएकचाल सिंह, विवा कुमारी सिंह, चन्द्र कुमारी सिंह र निलम यादव छन् ।त्यस्तै, धनुषा मिथिला नगरपालिका घर भएका धिरज सिंह, सोभा सिंह, मन्जु सिंह, अन्जु सिंह र राम अवतार महतो पनि घाइते छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना