चितवन । चितवनमा नवौँ फर्मा एक्स्पो २०२४ सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौँ फर्मा एक्स्पो सुरु भएको हो ।
चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रवारदेखि सुरु भएको एक्स्पो २५ गतेसम्म चल्नेछ । एक्स्पोमा १६० वटा स्टल रहेका छन् । एक्स्पोमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली उद्योगले बनाएका औषधिका स्टल समेत राखिएका छन् ।
एक्स्पोको करिब २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी