शिवरात्रिको दिन मानसरोवर दर्शन गर्न छ वटा चार्टर्ड फ्लाइट

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १३ : २२
शिवरात्रिको दिन मानसरोवर दर्शन गर्न छ वटा चार्टर्ड फ्लाइट

काठमाडौँ । महाशिवरात्रिको अवसरमा कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट छ वटा चार्टर्ड फ्लाइट भएको छ । चाटर फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसरोवरको दूरदर्शन गरेका छन्।

श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् । शिवरात्रिको दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।कोभिड महामारी सुरु हुनु अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा दिन बन्द गर्दा नेपालगन्ज रुट सुनसान बनेको थियो । जसको सिधा असर नेपालगञ्जको पर्यटन व्यवसायमा परेको थियो ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेलिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे ।

 

प्रतिक्रिया दिनुहोस